सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनमाथि शुक्रबार सुनुवाइ हुँदैछ।
बलात्कारको अभियोग लागेका लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आधार पेश गर्दै लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेको छ।
धरौटीमा छुटेलगत्तै नेपाल क्रिकेट संघ क्यानले लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ भने बिहीबारदेखि नै बन्द प्रशिक्षणमा बोलाएको छ। साथै क्यानले आगामी फागुन २ गते सुरु हुने विश्वकप लिग–टू को त्रिकोणात्मक श्रृंखलाका लागि राष्ट्रिय टोलीमै समावेश गरेर बन्द प्रशिक्षणको नयाँ सूची सार्वजनिक गरेको छ।
शुक्रबार सन्दीपको ‘फिटनेस टेष्ट’ गर्ने तयारी छ। विश्वकप लिग–२ श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्ड भिड्दैछन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam