उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ : केपी ओली
दमक : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।
झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा ओलीले यस्तो बताउनु बताएका हुन्।
अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उनले प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताए।
आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफू जानकार रहेको र बाँकी आवश्यकता पूर्तीमा पनि लागिरहेको उल्लेख गरे। शिक्षालय भवनसम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उनको भनाइ थिया।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam