चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले आफूविरुद्ध लेखिएका समाचारप्रति आक्रोश व्यक्त गरेका हुन्।

‘एकजना मान्छेका लागि यति धेरै प्रहार? मैले आफैँले म गृहमन्त्री जाने भनेर कही कतै भनिएको, लेखिएको छ? पाटीको भागमा परेको गृहमन्त्रालय पार्टीको निर्णय हुन्छ। हामीले बोलेको त्याे हो। बाँकी क–कसले के–के बोले त्यसमा मेरो कुनै रुची छैन्। कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट, कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट। कन्फ्ल्क्टि अफ इन्ट्रेस्टको राम्रो व्याख्या गर्ने हो भने गरौं त? नेपाली मिडियाको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टको व्याख्या गर्ने आँट कसैको छैन,’ उनले भने।

केही ठूला मिडियाका सञ्चालक र सम्पादकहरुको नाम लिँदै सभापति लामिछानेले चितवन–२ मा आफूसँग चुनाव लड्ने देखाउन चुनौती दिए।

‘नेपालको मिडियालाई रिजाएर मात्रै पावर गेन गर्ने? मिडियाले चाहे मात्र चलाउने? देश चलाउने हो भने चुनाव लड्न आउनूस्। चितवन २ मा मसँग चुनाव लड्न आउनूस्। कैलास सिहोरिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को–को आउने हो आउनूस। देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो। इथिक्स तपाईहरुलाई पनि लाग्छ मलाई मात्रै लाग्दैन। अदालतलाई प्रभावित पार्न तपाईंले निरन्तर चार पटक पाँच पटक समाचार लेख्नु भएको छ,’ उनले भने।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP