पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय
एजेन्सी-पाकिस्तान सरकारले सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजायको प्रस्ताव गर्ने विधेयक तयार गरेको छ ।
सरकारले दण्डसंहिता र फौजदारी प्रक्रियासंहितालाई परिवर्तन गर्ने विधेयक तयार गरेको छ । सामाजिक सञ्जाललगायत जुनसुकै माध्यमबाट पाकिस्तानी सेना र न्यायपालिकाको निन्दा गर्नेलाई पाँच वर्षसम्म कैद सजायको प्रस्ताव विधेयकमा गरिएको छ । प्रस्तावित विधेयक चाँडै सङ्घीय मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिने छ।
राज्यका महत्त्वपूर्ण निकाय र तिनका अधिकारीविरुद्ध घृणा जगाउने उद्देश्यले नियतवश गरिएका साइबर आक्रमण र अभियानलाई नियन्त्रण गर्न यस्तो विधेयक आवश्यक भएको सङ्घीय मन्त्रिपरिषद्को कार्यालयलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam