आयसा गर्लस् कलेजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शिवराज अनलाइन, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा रहेको आयसा गल्र्स कलेजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीले छाला तथा यौन रोग, महिला तथा स्त्री सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमार्फत रोग तथा जनरल सेवाहरू निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमार्फत दिएको बताउनुभयो ।

नगरपालिकाभित्रका सेवाग्राही निःशुल्क रूपमा औषधीसमेत गरिएको खाँ नेपालीले बताउनुभयो । शिविरमा स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता, छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा. पोषण न्योपानेले सेवा दिनुभएको थियो ।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी, आयसा गल्र्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद खां, मौलाना अब्दुल नूर, डा. सहिद अहमद अन्सरी, मौलाना अब्दुल सत्तार, मौलाना अब्दुल रशीद मदनी लगायतले प्रदेश निर्देशनालयका डायरेक्टर डा. विनोद कुमार गिरी, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग, बरिष्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरी र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मालाई राष्ट्रिय मदरसा संघ नेपालले सम्मानसमेत गरेको थियो ।

TOP