लुम्बिनी संस्कृतिक नगरपालिका स्तरीय किशोरी अधिकार मञ्चको मासिक बैठक सम्पन्न

लुम्बिनी । किशोरी अधिकार मञ्चको आयोजनामा लुम्बिनी संस्कृतिक नगरपालिका स्तरीय ओरेक केएर नेपालको सहयोगमा लुम्बिनी मानवीय सहायताको क्षेत्र महिला र नेतृत्व स्नेह आवाज र परियोजनाको लागि ओरेक नेपाल रन्जना चौधरीको नेतृत्वमा २७ सदस्यीय चयन भएको छन् ।

परियोजना संचालन गर्नको लागि लुम्बिनी उर्जाशिल युवा महिला समूह गठन गरि किशोरी अधिकार मञ्चको मासिक बैठक सुनिता हरिजनको अध्यक्षतामा गठन भएको समुहको अध्यक्ष मन्जु ढकाल, उपाध्यक्षमा सिला हरिजन, सचिव ढिका कडेल, सह सचिव कमलावती यादव, कोषाध्यक्षमा विन्दवासनी बनिया लगायत २७ महिलाको समुह गठन भएको छ ।

सन २०२२ मा सञ्चालन भएको स्नेह परियोजना रुपन्देही लगायत अन्य पाँच जिल्लामा संचालित रहेको छ । परियोजना अन्तर्गत यस लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय हुने मुख्य उदेश्य महिला सीप मुलक तालिम, शिक्षा सम्बन्धि कार्यक्रम, पैरवी योजना,विपत व्यवस्थापन समिति समन्वय, कार्यक्रमहरु गर्ने जानकारी दिँदै पाँच वर्ष सम्मा कार्यरत रहने रन्जना चौधरीले बताउनुभयो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले महिलाहरुलाई सिपमुलक तालिम धेरै महत्वपूर्ण रहेको बताउँदै महिलाले तालिमबाट सिकेका सीपले आफ्नो जिविकोपार्जन गर्न बताउनुभयो । उहाँले सानो कामले ठुलो प्रगति हुन भन्दै आफ्नो कामलाई निरञ्तरता दिन अनुरोधसमेत गर्नुभयो ।

वडा स्तरीय समूह महिला,किशोरी अधिकार मञ्च कर्मचारी, लगाएतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

TOP