टर्की र सिरियाको भूकम्प : मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो
टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ।
हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।
टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा रातको समयमा ती बच्चालाई निकै होसियारीपूर्वक भग्नावशेषबाट निकालिएको हो।
स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएको बीबीसीले लेखेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam