प्रज्ञा प्रतिष्ठानमा भएका नियुक्तिप्रति जसपाको आपत्ति
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले तीन प्रज्ञा प्रतिष्ठानमा सरकारले हालै गरेको नियुक्तिप्रति आपत्ति जनाएको छ।
राज्यका संरचना, निकाय र आयोगमा नियुक्ति गर्दा जातीय/सामुदायिक समानुपातिक समावेशिताका आधारमा गर्नुपर्नेमा त्यसको मर्मविपरीत एकल जातीय प्रभुत्व र वर्चस्वलाई प्राथमिकता पारेको भन्दै जसपाले विरोध जनाएको हो। उसले तत्काल निर्णय सच्याएर समावेशिताको मर्म अनुकुल हुनेगरी प्राज्ञ नियुक्त गर्न पनि माग गरेको छ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञको नियुक्तिप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, उसले भनेको छ, ‘संविधानको मर्म र भावना तथा समावेशिताको सिद्धान्तविपरीत गरिएका नियुक्ति सच्याई समानुपातिक समावेशlताको मर्म अनुकुल हुनेगरी नियुक्ति गर्न जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ।’
सरकारले गत मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र प्राज्ञ नियुक्त गरेको थियो।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam