यस्तो छ आजको मौसम

काठमाडौं : उपत्यकामा आंशिक बदली रही केही स्थानमा हल्का हुस्सु लागेको छ। बाँकी ठाँउमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १ को पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइरहेको विभागका मौसमविद् गोविन्द झाले जानकारी दिए। प्रदेश १ मा दिउँसो पनि बदली रहने छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने विभागको अनुमान छ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको छ।

TOP