तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


दैलेख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा कार्यरत तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र सब-इन्जिनियर नवीनकुमार बिसीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

इन्जिनियर दाहाल र सब-इन्जिनियर बिसीले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६/७७ मा गुराँस गाउँपालिका–६ स्थित निगालपानी-रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा कसुर गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले निगालपानी-रेग बगौरा सडक निर्माण सम्झौतामा निर्धारित सर्त र मापदण्डविपरीत झुटा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य मापदण्डअनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक काम लुकाएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।

इन्जिनियर दाहाल र सब-इन्जिनियर बिसीले नभएको नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिएकाले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको सजाय माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP