रुसले युक्रेनलाई कहिल्यै पराजय गर्न नसक्दैन : बाइडेन
काठमाडौं :अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन यात्रासँगै रुससँग वाक युद्ध बढेको छ।
बाइडेन सोमबार अचानक किभ पुगेका थिए। त्यहाँ पुगेर बाइडेनले अमेरिका युक्रेनको लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा रहेको पुष्टि गर्न आफू आइपुगेको बताएका थिए।
बाइडेनको किभ भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुले युक्रेनमाथिको आक्रमण अन्त्यका लागि विभिन्न कुटनीतिक पहल गरेको भए पनि अमेरिका तथा नेटो सेनाका कारण सबै कुरा बिग्रिएको आरोप लगाएका थिए।
पुटिनले सुरक्षाका कयौँ विषयमा मिलेर काम गर्न अमेरिकालाई प्रस्ताव गरेर आफूले प्रयास गरे पनि अमेरिकाले नजरअन्दाज गरेको, अहिले युक्रेनलाई उक्साउने काम गरेको जस्ता आरोप लगाएका थिए।
किभबाट पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युद्ध अपराध गरेको आरोप लगाए। उनले पुटिनले युक्रेनमाथि कहिलै विजयी हासिल गर्न नसक्ने समेत टिप्पणी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam