मोटरसाइकल दुर्घटनामा भारतीय युवकको मृत्यु


काठमाडौं : पर्सामा सवारी दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु भएको छ।

पोखरिया नगरपालिका-३ बसन्तपुर भिष्वाबाट पोखरिया जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बी आर २२ एन ३७९६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

सोही क्रममा ३७९६ नम्बरको मोटरसाइकल चालक भारत बिहार राज्यको बेतिया पश्चिम चम्पारणका २२ वर्षीय कैयफली चुरीहारको मृत्यु भएको पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए।

दुर्घटनामा घाइते उनको उपचारकै क्रममा पोखरिया अस्पतालमा आज साँझ पौने ५ मृत्यु भएको हो। अर्का मोटरसाइकल चालक पर्सा जगरनाथपुर गाउँपालिका-५ का ३४ वर्षका श्यामबाबु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

TOP