राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता
काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ।
यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। यसका लागि आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन्।
संघीय संसद्का ३३२ र प्रदेश सभामा ५५० गरी ८८२ जनाले मतदान गर्नेछन्। संघीय सांसद र प्रदेश सभाका सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। उनीहरूको मतभार पनि फरक–फरक हुनेछ।
मनोनयन दर्ताको अघिल्लो दिन शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्। नेकपा एमालेले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam