हाइब्रिड धानको बिउ वितरण गर्दै कृष्णनगर नगरपालिका
अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी हाईब्रीड धानको बिउ वितरण गर्न सुरु गरेको छ।नगरपालिकाले १८ क्विंटल उन्नत जातको हाईबृड धानको बिउ खरिद गरि किसानलाई बितरण गरेको हो।
कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माध्यमिक विध्यालयमा धानको विउ वितरण भइरहेको छ ।
किसानले खेतमा विउ छर्ने बेला भएकाले धान खरिद गरि वितरण गर्न लागिएको कृष्णनगर नगरपालिकाका कृषि अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिए ।
१८ क्विंटल हाइब्रिड धानको बिउमा १३५ दिनमा तयार हुने ६४४४,us ३०५, १२५ नामक धानको बिउ बितरण गरेको हो ।त्यस्तै, १२० दिनमा तयार हुने महिको कम्पनीको उपज जातको धान समेत किसानलाई बाँडिएको छ ।
कृषि समुह र व्यक्तिगत रुपमै पनि विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरीले जानकारी दिए ।
किसानको पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


