ज्ञानेन्द्र शाहमा निरंकुशता छैन, मेलमिलापको भाव छ : रवीन्द्र मिश्र
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहमा निरंकुशता नभएको टिप्पणी गरेका छन्।
करिब दुई महिनापछि मंगलबार भएको भेटपश्चात् उपाध्यक्ष मिश्रले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि पूर्वराजा शाहले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन नदिएको टिप्पणी गरेका छन्।
आफ्ना पछिल्ला दुई भेटमा शाहमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव नपाएको मिश्रले बताए।
‘जसले जति नै गाली गरोस्, वास्तविकता के हो भने अमेरिका र चिनबीच बढ्दो दरार, भारत र चिनको विश्व शक्तिमा रूपान्तरण, नेपालमा ‘एक गाऊँ, एक चर्च’ को अभियान, जातीय/क्षेत्रीय संवेदनशीलता, पाएसम्म सबैले सबैलाई ‘ढोक्सा’ थापेर फसाउने राजनीतिक प्रवृत्ति र समग्र समाजको चरम नैतिक पतनका कारण देश बढ्दो रूपमा संकट उन्मुख छ’, उनले एक तस्वीर सार्वजनिक गर्दै भनेका छन्, ‘ कमसेकम एउटा संस्था – राजसंस्था – लाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने यो देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी रहने छैन। रिस-राग, अहं, प्रतिशोध, आक्रोश र व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam