प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउनेछन्। यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनेछन्। गत फागुन १३ गते जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको थियो।
आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्नेप्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam