स्कुलबसले ठक्कर दिँदा वृद्धाको मृत्यु, पूर्वपश्चिम राजमार्गमा स्थानीयको अवरोध
धनगढी : कैलालीमा स्कुल बसले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट साइपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam