नेपालमा भेटिन छाडे कोरोनाका बिरामी


काठमाडौं : नेपालमा कोरोनाका नयाँ संक्रमित भेटिन छोडेका छन्। आज लगातार दोस्रो दिन कोरोनाका संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४३ जनाको परीक्षण गर्दा नयाँ संक्रमित फेला नपरेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अस्ति बिहीबार एकजना, बुधबार ३ जना, मंगलबार २ र सोमबार ३ जना संक्रमित भेटिएका थिए।

यो साता जम्मा ९ जनामा संक्रमण देखिएको छ। पछिल्लो साताहरुमा एक अंकमा देखिएको संक्रमण हाल शून्यमा झरेको छ।

आज एकजना संक्रमित निको हुँदा सक्रिय संक्रमितको संख्या ७ मा झरेको छ। पछिल्लो पटक ४ हजार १४९ जनाको कोरोनाविरुद्धको खोप लगाएका छन्।

TOP