भूमध्य सागरमा फसेका एक हजारबढी आप्रवासीको उद्धार
काठमाडौं : इटलीले भूमध्य सागरमा फसेका एक हजार बढी आप्रवासीको उद्धार गरेको छ।
विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोजेका झण्डै १३ सय आप्रवासी भूमध्य सागरमा फसेपछि इटलीको कोस्टगार्डले उद्धार अभियान चलाएको थियो। जसबाट एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्।
गत हप्तामात्रै यो क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। पुराना र कमजोर डुंगामा ठेलमठेल गरी युरोपतर्फ लागेका आप्रवासी समुद्रमा फसेपछि इटलीले उद्धार अभियान चलाएको थियो। इटलीको कोष्टगार्डले शनिबार बिहान ४ सय ८७ आप्रवासीलाई क्रोटोन बन्दरगाहमा सुरक्षित रुपमा पु¥याएको छ । त्यस्तै अर्को तरणमा रेगियो क्यालिाब्रियामा ५ सय आप्रवासीलाई सुरक्षित रुपमा ल्याइएको र तेस्रो लटमा अगस्टाको सिसिलियन बन्दरगाहमा नौसेनाको जहाजमार्फत् ३ सय ७९ जनालाई उद्धार गरेर ल्याई पु¥याइएको अधिकारीरुले जनाएका छन्।
उद्धार गरिएकाहरु कुन देशका हुन् भन्ने खुलेको छैन। तर अफ्रिका तथा मध्येपूर्वी एसियाका नागरिकहरु रहेको अनुमान गरिएको छ । यसअघि गतहप्ता भएको डुंगा दुर्घटनामा पाकिस्तान, अफगानिस्तानलगायत एसियाली देश र अफ्रिकी देशका नागरिकको मृत्यु भएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam