तनहुँ–१ मा उपनिर्वाचन : उपराष्ट्रपति निर्वाचन परिणामको प्रतीक्षा
काठमाडौं : नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएसँगै रिक्त तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति उपराष्ट्रपतिको निर्वाचनको परिणामपछि मात्र तय हुने भएको छ।
उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने आयोगको तयारी छ।
उपराष्ट्रपतिको निर्वाचनमा तीन उम्मेदवार रहेकोमा एक जना मात्र प्रतिनिधिसभा सदस्य छन्। दुई उम्मेदवार समानुपातिकतर्फबाट छन्। उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छिन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आर्थिक वर्ष २०७९/८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिए। यो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने उनको भनाइ छ।
आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ। चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गर्ने व्यवस्था छ। यही व्यवस्थाबमोजिम आयोगले चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam