वनकाली पुगेर राष्ट्रपति पौडेलले गरे वृक्षरोपण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। बुधबार बिहान वनकाली क्षेत्रमा उनले नागचम्पा फूलको बिरुवा रोपेका हुन्।
वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार चान्द्र पात्रोअनुसार संवत्सर फेरिने दिन परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण गरिएको हो।
नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न मान्यताअनुरूप राष्ट्रपतिको हातबाट बिरुवा रोपिएको उनले बताए। राष्ट्रशान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराउने योजना रहेको भुसालले जानकारी दिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam