सैनिकको संख्या सरकारले तोक्ने हो‚ स्वघोषित सुरक्षाविज्ञले होइन : प्रधानसेनापति
पोखरा : प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सैनिक के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने स्पष्ट पारेका छन्। नेपाली सैनिकको संख्या आइएनजिओ/एनजिओका स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञले तोक्ने होइन भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाली सेना भूपू सम्मेलन- २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार नगर्न आग्रह गरेका छन्।
आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सैनिक के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने उनले बताएका छन्।
शर्माले भने, ‘यो कुनै आइएनजिओ/एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो।’
प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झूटा प्रचारबाट टाढा रहन पनि आग्रह गरे। उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको पनि स्पष्ट पारे।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए।
प्रधानसेनापतिले लामो सैनिक जीवनमा सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता र ज्ञान, सीप समाजमा प्रयोग गर्दै जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे।
पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापित सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए।
सैनिक कल्याणकारी कोषमा हाल ७३ अर्ब, १३ करोड रुपैयाँ रहेको र १० लाख हिताधिकारीलाई उक्त रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए। कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकलमहिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो। कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, झाँकी प्रदर्शन र कौशल प्रदर्शन गरिएको थियो।
उक्त सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका तीन हजार ८९४ भूपू सैनिक सहभागी छन्। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार ६४३ रहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam