भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार
काठमाडौं : मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ।
बिहीवार भारतको राजधानी दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौनधन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलालाई उद्धार गरिएको हो।
उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो। यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर ती महिलालाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरोलाई बुझाइएको हो।
उद्धार गरिएका महिलाको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ। उनीहरू नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ। उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौनधन्दामा लाग्नुपर्ने भनिएको बताइन्।
मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानीय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा गरिएको कारबाहीमा हराएका २ जनासहित थप ७ जना नेपाली उक्त फ्ल्याटबाट फेला परेको बताए।
कीन इण्डियाका प्रमुख नवीन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाको उद्धार गर्न सकिएको बताए।
प्राथमिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलालाई दिल्ली पुर्याउने गरेको र टीकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले उनीहरूलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्दा गराउने गरेको खुलेको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam