सरकारप्रति नयाँ पुस्ताको भरोसा देखिएन : सांसद देवकोटा
काठमाडौँ : राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले सरकारसँग नयाँ पुस्ताको भरोसा नरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
उनले केही दिनअघि विद्यार्थीहरूले आफ्ना कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द लेख्नु भनेको सरकारप्रति बालबालिकाको भरोसा नरहेको सन्देश दिएको बताइन्। उनले युवाले ‘हाम्रो देशमा हाम्रो भविष्य छैन’ भन्नु सरकारप्रतिको भरोसा नहुनु भएकाले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने माग गरिन्।
उनले सरकार नागरिकमैत्री काम गर्न चुक्न नहुने बताइन्। उनले आइतवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको पनि स्पष्ट पारिन्। सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘अबको सरकारले यो वा त्यो बहानामा चुक्ने छुट छैन। नागरिकलाई केन्द्रबिन्दु राखेर सेवा डेलिभरी गर्नेमा अत्यन्त सजगतासाथ सरकार अघि बढ्नुपर्छ। बच्चाहरूले अब खाडीमा भेटौंला है भन्ने शब्द शर्टमा लेखेका छन्, यो नेतृत्वप्रतिको असन्तुष्टि, देशप्रति भरोसा नभएको कुरा, अब युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश हो। यो निराशाजनक छ, यसलाई समयमै सम्बोधन गर्नुपर्छ।’
सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधा नागरिक केन्द्रित हुनुपर्ने बताइन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam