भारतबाट फर्किनेमा कोरोना, सुदूरपश्चिममा जोखिम बढ्यो
बैतडी : भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा संक्रमण देखिन थालिएको हो।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित कोरोना परीक्षण जारी छ। यहाँका सीमा नाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। चैतयता मात्रै भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। ‘यो महिना कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमित सबै भारतबाट फर्किएका रहेका छन्’, उनले भने, ‘भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ।’
भारतसFग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो। नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको संख्या पनि बढेको छ। बिसु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि वृद्धि भएको जोशीले बताए। नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ।
भारतमा संक्रमण तीव्र रुपमा फैलिरहेकोले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको जोशीले बताए। भारतका विभिन्न कोरोना संक्रमण देखिन थालेकोले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो। ‘भारतमा दिनप्रतिदिन संक्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ’, उनले भने।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको छ। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षण भइरहेको छ। संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ। प्रदेशभर हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।
भारतमा संक्रमण देखिएका शहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकोले सतर्कता अपनाई, स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ’, उनले भने।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४४ हजार ४५४ जनाको परीक्षण गरिएकोमा ६१ हजार ९२७ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण ६३५ जनाको मृत्यु भएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam