दाङमा कोदालाको पासोले हानेर हत्या
दाङ : दाङमा एक जनाको हत्या भएको छ। बंगलाचुली गाउँपालिकाको २ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए।
हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ। हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र ३६ वर्षीया श्रीमती चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।
मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए। घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो। मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।
मृतकको शबलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam