नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी?
काठमाडौं : नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ।
सोमबार सुरु भएको संवाद बुधबार सम्पन्न भएको हो।संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए।
संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको थियो।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ। वार्ताले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam