राहदानी ‘क्लिन चिट’ प्रकरण : रविविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
आइतबार युवराज पौडेल (सफल)ले सभापति लामिछानेको राहदानी प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। उनलाई राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले उन्मुक्ति दिएको थियो।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिइएको थियो। उनीविरूद्धको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो।
कुनै पनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ। त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।
अमेरिकी राहदानी हुँदा हुँदै नेपाली नागरिकता प्रयोग गरी राहदानी बनाएको पुष्टि भएपछि राहदानी ऐन अन्तर्गत कारबाही हुनसक्ने अवस्था बनेको थियो। सर्वोच्च अदालतले गत माघ ३ मा उनको नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सो नागरिकता प्रयोगबाट प्राप्त सबै पद गुम्ने फैसला गरेको थियो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam