मेयरको एसइई दिँदै गरेका ज्वाइँ पक्राउ
रौतहट : रौतहटमा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) प्रेमलाल साहको साटो उनकै ज्वाइँले एसइई परीक्षा दिँदै गर्दा पक्राउ परेका हुन्।
लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्रमा नगरप्रमुख साहको साटो उनका ज्वाइँ रौतहटको गरुडा नगरपालिका वडा नं-६ पोठियाहीका कमल साहले परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
साहले एसइई परीक्षामा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साहको साटो परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको हो। ससुराको साटो परीक्षा दिइरहेका उनी इन्जिनियर रहेको स्रोतले जनाएको छ।
परीक्षा सञ्चालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका हुन्। पक्राउ परेका नक्कली परीक्षार्थीको विषयमा भेरिफिकेशन भइरहेको र त्यस सम्बन्धमा गहन अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam