कपिलवस्तुमा ३ क्विन्टल अवैध कुखुरा नष्ट
शिवराज अनलाइन, कृष्णनगर । कपिलवस्तुमा ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले अवैध कुखुरा नष्ट गरेको हो ।
तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा उक्त कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ । बुधबार इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले कुखुरा बरामद गरेको हो ।
बरामद गरिएको ब्रोइलर कुखुराको अन्दाजी मुल्य ७५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ । जनप्रतिनिधि, स्थानीय, पत्रकार र प्रहरी लगायतको रोहबरमा खाल्डो खनी माटोले पुरेर नष्ट गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam