बालबालिकालाई कब्जियतको समस्याबाट यसरी बचाउनुस्
काठमाडौं : बदलिँदाे जीवनशैलीको कारण मानिसहरू कब्जियतको समस्या भोगिरहेका हुन्छन्। अस्वस्थकर खानपान र शारीरिक परिश्रमको अभावमा यो समस्या बढेको छ। वयस्क व्यक्ति मात्र नभई अचेल साना बाबुनानीहरूमा पनि यो समस्या बढिरहेको छ।
पौष्टिक खानेकुरा भन्दा पनि बाहिरका खानेकुरा धेरै खाने चलन बढ्दा बालबालिका कब्जियतको समस्या भोगिरहेका हुन्छन्। कब्जियतको समस्याका कारण पेट राम्ररी सफा नहुनुका साथै कडा र सुख्खा दिसा आउँछ, जसका कारण दुखेर पीडा हुन्छ। आफ्ना बच्चालाई कब्जियत हुन नदिन अभिभावकले यी उपाय अपनाउनु पर्छ–
बालबालिकाको खाने बानी सुधार्नुहोस् : अभिभावकले बालबालिकालाई सधैँ स्वस्थ खानामा बानी बसाल्नु पर्छ। बाहिर बनेका वा जंक फुड खाने बानी हटाउनु पर्छ। घरमै बनेका खाद्यपदार्थसँगै ताजा फलफूल, सागसब्जीमा जोड दिनुपर्छ। यस्तै मौसमअनुसार चुकन्दर, ब्रोकाउली, गाजर, मकै, ब्रसेल्स, स्प्राउट्स, बन्दाकोबी, हरियो मटर, हरियो सिमी, पालुंगोजस्ता तरकारीका साथै, एभोकाडो, मेवा, स्याउ, खजुर, नासपाती, किबी, सुन्तला, ब्ल्याकबेरी, रास्पबेरी, स्ट्रबेरी र किसमिस फलफूल खानामा समावेश गर्नु पर्छ।
फाइबरयुक्त आहार : दूध, सोडा र कोलाको सेवन कम खान दिनु पर्छ। बालबालिकालाई मसालेदार, तेल, प्याक गरिएको, प्रशोधित खाना खान नदिनुस्। उनीहरूलाई हाइड्रेटेड रहन र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पर्याप्त पानी पिउन दिनुपर्छ।
शारीरिक गतिविधि वा व्यायाम गराउने : व्यायामले कुनै पनि समस्याबिना पाचन र शौचमा मद्दत गर्दछ। बच्चाको लागि दैनिक कम्तीमा ३० मिनेट केही शारीरिक क्रियाकलाप वा व्यायाम गर्न आवश्यक छ। बच्चाले पौडी खेल्ने, हिँड्ने, योग गर्ने, दौडने र एरोबिक्स जस्ता कुनै पनि गतिविधि गर्न सक्छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam