नेपाली नागरिकता लिएकी तिब्बती शरणार्थी पक्राउ
काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
काठमाडौँस्थित बौद्ध टुसाल क्याम्पमा बस्ने तिब्बती शरणर्थी २७ वर्षीया निमाल्हामो गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको टुसाल क्याम्पमा बसेर उनले कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ।
यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिए वापत पाँच लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौंका विभिन्न ठाँउमा बसोबास गर्ने तिब्बती शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुटो लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ। साथै नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam