अब अरूलाई दोष दिएर उम्कन पाइन्न, सरकारले नतिजा दिनुपर्छ : थापा
काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।
संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले पाँच वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।
‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर उम्कन पाइँदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाईन्न। अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ । थापाले भने, ‘पाँच वर्ष देशको सरकार कसले चलाउने ? काँग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अब कसैलाई दोष पन्छाएर पाइन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’
महामन्त्री थापाले शिक्षकहरूको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरूलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाइ थियो। महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam