विजयनगरको खोलामा मेसिन प्रयाेर र राजश्व छली गर्दै ठेकेदार
कपिलवस्तुको विजयनगर गाउँपालिकाको खोलामा मेसिन प्रयाेग तथा ठेकेदार कम्पनीले नदीजन्य पदार्थमा राजस्व छली गरेको पाइएको छ। विजयनगर गाउँपालिकाले यस वर्ष लगाएको गंगटे,चिराही, विसहवा र सुख्खा खोलामा मेसिन प्रयाेग तथा नदीजन्य पदार्थ ढुवानी गर्दा राजस्व छली गर्ने गरेको पाइएको हो । शिवगढि एन आई पी कन्स्ट्रक्सन ललितपुर र एन बि कन्स्ट्रक्सन शिवराज ५ चौन्द्रौटाले राजश्व छली गरेको पाइएको हो। यी दुई कम्पनीले नक्कली बिल र गाउँपालिकाको छाप प्रयोग गरेको भेटिएको छ। २०७९ चैत २९ गते २ बजेर ६ मिनेटमा ५१७ नम्बरको बिल काटेको चिराही खोलाको ठेक्का पाएको शिवगढि एन आई पी कन्स्ट्रक्सन ललितपुरले सोहि दिन २ बजेर १२ मिनेटमा ६२ नम्बरको रोयल्टी बिल काटेको फेला परेको छ। सम्झौता लगत्तै नदीजन्य पर्दाथ निकासी काम सुरु भएपछि ठेकेदारले नक्की बिल प्रयोग गर्न थालेको स्थानीयबासीहरु बताउछन् ।
ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले किर्ते काम बारे गाउँपालिकाको राजस्व शाखा तथा जनप्रतिनिधीलाई जानकारी गराएपनि त्यसबारे अनुगमन समेत नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । ठेकेदारले गाउँपालिकाबाट प्रमाणित गरि ल्याएका ठेलीको हुबहु नक्कली भ्याट बिल तथा गाउँपालिकाको सरकारी छाप किर्ते गरि प्रयोग गरेका छन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मात्र होइन, बाणगंगा, बुद्धभूमी, शिवराज नगरपालिकाहरुमा समेत खोलिएका नदिजन्य पर्दाथ निकासी ठेक्काका ठेकेदारले परिमाण र राजस्व छलि गर्न नक्कली बिल प्रयोग सुरु गरिसकेका छन् ।
ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam