पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भयो : महासचिव पोखरेल
८ बैशाख, काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन्।
नेपाल बुद्धिजीवि परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभवन र सिकाइ विषयक अन्तक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन्।
अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिक तर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले बताए।
पोखरेलले एमालेका जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी हुन सक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधिहरूको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने जिकिर गरे।
त्यस्तै उनले आधारभूत आवश्यकता पुरा भएका जमातलाई प्रमुख पार्टीबिरुद्ध भड्काउने प्रवृतिका कारण वैकल्पिक भन्नेहरूले स्थान पाएको धारणा राखे।
पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उद्देश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam