‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकार कतिपयलाई पचिरहेको छैन’
९ बैशाख, काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी नेतृत्वको सरकार कतिपयलाई पचाउन कठिन भइरहेको टिप्पणी गरेका छन ।
उनले मिटरव्याज पीडितले सरकारसँग सहमति गरिसके पनि आन्दोलन फिर्ता नलिएको भन्दै सरकारविरुद्ध अनेकौं षडयन्त्र हुनसक्ने टिप्पणी गरे।
नरबहादुर कर्माचार्या स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले देशभित्र र बाहिर सरकारविरुद्ध षडयन्त्र भइरहेकाले चनाखो हुनुपर्ने बताए।
‘अहिले म आउँदा आउँदै सिंहदरबार अगाडि मिटरब्याज पीडितहरू बसिरहेका थिए। किन त्यस्तो भइरहेको छ? सरकारले त्यत्रो सहमति गरिसकेपछि, आयोग बनाइसकेपछि, छानबिन गर्ने र बदमासलाई दण्डित गर्ने कुरा भइसकेपछि किन हामीले विश्वास दिलाउन सकेका छैनौं?’ नेपालले भने, ‘तर अनेक खालका षडयन्त्र पनि हुन सक्छन्। कम्युनिष्ट पार्टी नेतृत्वको सरकार कतिपयलाई पचिरहेको छैन। यसअर्थमा अनेकौं खालका षड्यन्त्रहरु देश भित्र र बाहिर पनि हुन सक्छन्।’
उनले अहिलेको गठबन्धन सरकारलाई पाँच वर्ष टिकाउन सक्नुपर्ने बताए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam