अजरबैजान पुर्याई साढे आठ लाख ठगी गर्ने पक्राउ
१४ बैशाख, काठमाडौं : अजरबैजान पुर्याई आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
अजरबैजानको होटलमा मासिक ७०० डलर कमाइ हुने भनी आठ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक ७०० डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरेको जानकारी दिए।
पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए। सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाएको ब्यूरोले जनाएको छ।
सिंगापुर पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । झापा अर्जुनधाराका ओमनाथ मैनाली पक्राउ परेका हुन्।
मैनालीले काठमाडौं गोंगबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्दै पटक–पटक गरी छ लाख ५० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आरोपित मैनालीलाई बबरमहलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam