जब संसद् बैठकमै सांसद अमरेशले लुगा खोल्न थाले…
२५ बैशाख, काठमाडौं : प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कपडा खोलेका छन्। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै साहले बोल्न खोजेका थिए। तर सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।
उनको व्यवहारबाट रुष्ट बनेका सभामुखले सिंहलाई त्यसो नगर्न चेतावनी दिए। ‘माननीय अमरेस कुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस्। अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भने।
त्यसपछि सिंहले धमाधम कपडा लगाएर सिटमा बसे त्यसपछि नियमित तवरबाट बैठक अघि बढेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam