दलहरूलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको निर्देशन
२८ बैशाख, काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जनाएको हो। आयोगले तोकेको समयसीमा भित्र ८२ राजनीतिक दलले आयोगसमक्ष लेखा परीक्षण प्रतिवेदन बुझाएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले सोही प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गर्न र सार्वजनिक गरेको मितिले सात दिनभित्र सो को जानकारी आयोगमा गराउन निर्देशन दिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।
निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
‘दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधि भित्र किन पेस नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईंलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने ब्यहोराको आफ्नो सफाई सहितको स्पष्टीकरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिन भित्र पेस गर्न आयोगले निर्देशन दिएको छ।’ विज्ञप्तिमा लेखिएको छ।
यसैगरी आयोगबाट आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतीत भएपछि पेस गर्ने ९ वटा राजनीतिक दल र सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोध्दै सात दिनभित्र जवाफ माग गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam