भ्रष्टाचार विरुद्धको अभियानमा अर्धनग्न भएर प्रदर्शन

३१ बैशाख, विराटनगर : भ्रष्टाचार विरुद्धको अभियानमा विराटनगरका युवाहरु अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका छन्। विराटनगरस्थित ट्राफिक चौकमा युवाहरुले आइतबार भ्रष्टाचारको विरद्धमा अर्धनग्न भएर विरोध जनाएका हुन्।

मुलुकको राजनीतिक दल र सिस्टम नै नाँगो भइसकेकाले यसको विरोधमा सरकारलाई सांकेतिक रुपमा खबरदारीस्वरूप विरोध जनाएको आन्दोलनमा सहभागी उत्तम ढुंगलले बताए।

नेताहरु सबै नांगिए उनीहरुसँगै जनता नांगिन सुरु भएको र अब विस्तारै सटर बन्द हुने अवस्था सृजना भएकाले खबरदारीस्वरूप विरोध जनाएको विराटनगर १ का अच्युत गिरीले बताए।

राजनीतिक दलहरुले मुलुकलाई नांगो बनाएको र त्यो नांगोपनलाई कसरी सम्बोधन गर्ने या बुझाउने भन्नका लागि विरोधमा उत्रिएको अर्का सहाभागी श्याम कोइराला बताउँछन्।

उनले आज सडकमा कम संख्यामा उत्रिएको भए पनि आगामी दिनमा देशैभर यस्तो आन्दोलन हुने दाबी गरे। यतिबेला भ्रष्टाचारविरुद्ध प्रदर्शन देशैभर भइरहेको छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP