एमाले जनवर्गीय संगठनको पदाधिकारी बैठक आज, ओलीले सम्बोधन गर्ने
९ जेठ, काठमाडौं : नेकपा एमालेको जनवर्गीय संगठनहरुको पदाधिकारी बैठक बस्दैछ।
महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले आज पदधिकारीहरुको बैठक राखेको हो। बैठक दिउसो १ बजे पार्टी कार्यलय च्यासलमा बस्नेछ।
बैठकमा २३ वटै जनसंगठनका अध्यक्षसहित पदाधिकारी र आयोगका अध्यक्षहरु सहभागी हुनेछन्। बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
रिजालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र पास गरेका प्रस्तावलाई सबै जनसंगठनहरुले अपनत्व लिएर त्यसै अनुसारका कार्ययोजना बनाउन निर्देशन गरिनेछ। बैठकमा सबै जनसंगठनका अध्यक्षहरुले हालसम्म गरेका कामहरुको प्रगति विवरण पनि पेश गर्नेछन्।
बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले पनि निर्देशनात्मक सम्बोधन गर्नेछन्। बैठकमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एक वर्षमा सम्पन्न भएका जनसंगठनका महाधिवेशनहरुको प्रतिवेदन भिडियो रिर्पोट मार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam