मनाङमा करेन्ट लागेर युवकको मृत्यु
१२ जेठ, मनाङ : मनाङ ङिस्याङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङको मृत्यु भएको हो।
गाउँपालिका–४ को हुम्डेमा ट्र्याक्टरमा ढुंगा लोड गर्ने क्रममा हातले बिजुलीको नांगो तारमा छोइँदा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए।
लत्रिएको बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको कार्कीले जानकारी दिए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam