एमाले अध्यक्ष ओली आज स्याङ्जा आउँदै


१६ जेठ, पाल्पा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्याङ्जा आउने भएका छन्।

जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्न आउने भएका हुन्।

उनले आज बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्नेछन्। दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

उनकाअनुसार अध्यक्ष ओली आज नै स्याङ्जा आउने छन्। यी दुई भवनको उद्घाटन कार्यक्रम सकेर फर्कने एमाले गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका अध्यक्ष थापाले जानकारी दिए।

भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताए।

TOP