घुससहित तीन कर्मचारी पक्राउ
६ असार, झापा : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित तीनजनालाई रंगेहात पक्राउ गरिएको छ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले रंगेहात पक्राउ गरेको हो।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएको खुलेको छ।
अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam