देशको स्वाधीनताको कुरामा कुनै कानुन र अदालत मान्नेवाला छैन : मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफू कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन्।
मेयर साहले हिन्दी फिल्ममाथि लगाइएको रोकप्रति टिप्पणी गर्दै सामाजिक संजालमा यस्तो लेखेका हुन्। फिल्म लेखकले नै नेपाल भारतको अधिनमा रहेको थियो भनेकाले उनहिरूको नियत प्रष्ट भएको मेयर साहको भनाइ छ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
मेयर साहको निर्णयविरुद्ध चललित्र संघले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। अहिले मुद्दाको सुनुवाइ भइरहेको अदालतले जनाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam