बेहुला विवाह मण्डपबाटै पक्राउ, जन्ती अलपत्र


८ असार, झापा : श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले गौरादहबाट नियन्त्रणमा लिएको छ। सुनसरी, इटहरी–१९ का साजन चौधरीलाई बिहीबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने वेलामा प्रहरी पुगेको थियो। बेहुला पक्राउ परेपछि भने जन्ती अलपत्र परेका थिए।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP