बागलुङमा छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार
बागलुङ : बागलुङ नगरपालिकाले नगरपालिकामा जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।
बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथ उनको नाममा पाँच हजार रुपैयाँको मुद्दती खाता खोलेर जम्मा गरिदिने व्यवस्था गर्न लागेको हो। नगरपालिकाले खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने व्यवस्था गर्न लागेको हो।ल्याएका हुन्।
नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।
‘अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ।छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुनेछन्।’
गर्भावस्थामा भ्रूणजाँच, भ्रूणहत्या र छोरीप्रतिको गलत दृष्टकोणलाई चिदै नारीको सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam