प्रतिनिधिसभामा आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदै
काठमाडौं : सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन्। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास गर्ने तयारी सरकारको छ।
जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफलमा मात्रै नभएर बैठक नै बसेर यथास्थितिमा पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार भएका छन्। बजेट पास गराउन सहमति जुटिसकेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
सत्ता गठबन्धन दलहरुबीच बजेटमा नमिलेका विषय पछि सम्बोधन गर्दै जाने सहमति भएको छ। यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए। तर अहिले नै बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको सत्तारुढ दलका सांसदहरूको भनाइ छ।
बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन्। जसपा र एकीकृत समाजवादीले भने औपचारिकताका आज भोलि छलफल गर्ने भएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam