सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुने
पोखरा : सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन्।
गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन्। प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुनेछ।
मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आज पोखरा आउने छन्। सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल शुक्रबार बिहान ११ बजे आउने तय भएको गण्डकी सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ।
यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो। तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो। मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो।
पहिलो पटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो। त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam