शिवराजमा तीन महिने एडभान्स फेसन डिजाइनिङ्ग तालिम समापन
कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा तीन महिने एडभान्स फेसन डिजाइनिङ्ग सिलाई कटाई तालिम समापन भएको छ । शिवराज नगरपालिकाको आर्थिक सहयोग र माईक्रोटेक ट्रेड्निङ एकेडेमीको प्राविधिक सहयोगमा तिनवटा वडा ५, ६ र ८ नम्बर वडामा एकै साथ संचालन गरीएको तालिम आज समापन गरीएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि शिवराज वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले सिपलाइ व्यवहारमा उपयोग गर्दै एडभान्स फेसन डिजाइनिङ्ग सिलाई कटाइलाइ व्यवसायिक रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै सिलाई कटाई तालिमले महिलाको जीवन परिवर्तनमा सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि शिवराज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष महेताप आलम खाँले तालिम लिएपछि आर्थिक रूपमा विपन्नहरु परिवारका महिलाहरु व्यवसायिक वन्नु पर्नेमा जोेड दिँदै सफल व्यवसायी वन्न आग्रह गर्नुभयो । तीन महिने एडभान्स फेसन डिजाइनिङ्ग सिलाई कटाई तालिममा ३ वटा वडा भित्रका ६० जना महिलाहरुले तालिम लिएका छन ।
कार्यक्रममा तालिमका प्रशिक्षकलाइ सहभागिहरुले मायाको चिनो समेत प्रदान गरेका थिए । समापन कार्यक्रम माईक्रोटेक ट्रेड्निङ एकेडेमीका ब्यवस्थपक अनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


